कृषिमा आधुनिकीकरण आवश्यकः कृषि तथा सहकारी मन्त्री लामा
बागमती प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले कृषिमा आधुनिकीकरणको आवश्यक्ता औंल्याउनु भएको छ ।
कृषि सहकारी संघ लिमीटेड मकवानपुरको नवौं बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले कृषि क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । कृषि पेसालाई व्यावसायीकरणसंगै औद्योगिकीकरण गर्नुपर्ने बताउनुभयो ।
कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष एकराज उप्रेतीले संघले हरेक किसानलाई आफ्ना सामान उचित मुल्यमा बिक्री गर्न र उपभोक्ताहरुलाई सस्तो दरमा सामान खरिद गर्नका लागि पसल सुरु गरिएको भन्दै थप व्यवस्थित पार्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव, विभीन्न सामाजिक र सहकारी क्षेत्रका अगुवाहरु लगायतकाको सहभागिता रहेको थियो । आजैबाट कृर्षि सहकारी संघले किसानले उत्पादन गरेका विभीन्न सामग्रीहरु बिक्रीका लागि राखेको छ ।