‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस विजयी

छहारी संवाददाता
माघ ५, २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई २–० गोलले पराजित गरेको हो । पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गर्नुभयो ।]

पुलिसले २७ औं मिनेटमा सौजनको गोलका अग्रता लिएको थियो । ४८औं मिनेटमा सुनमले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा पुलिस सजिलै विजयी भयो । पुलिसविद्ध जाउलाखेलले गोल गर्न लायक अवसर बनाउन सकेन । पुलिसका सौजन राई म्यान अफ दी म्याच हुनुभयो । उहाँले १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

जितसँगै पुलिस सात खेलबाट ११ अंक बनाएको पुलिस चौथो स्थानमा उक्लिएको छ । नौ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा छ । आजै भएको अर्को खेलमामनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थितदशरथ स्टेडियममा भएको खेलमाथ्रीस्टारले मनाङलाई २–२ को बराबरीमा रोक्दै अङ्क बाँडेको हो ।बराबरीसँगै साविकको विजेतामनाङले७ खेलबाट १३ अङ्क जोडेको छ ।

मनाङको समानआर्मी र मछिन्द्रको अङ्क छ र, आर्मीले एक खेल कमअर्थाथत् कुल ६ खेल खेलेको छ । थ्रीस्टार भने ११ अङ्कसहित चौथो स्थानमा छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*