कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित

छहारी संवाददाता
माघ ५, २०७६

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरु २७ दिनदेखि आन्दोलित बनेका छन् ।

विद्यालयले मेरिटको आधारमा प्रकाशित गरेको नतिजा विश्व विद्यालय ऐन विपरित भएको भन्दै आन्दोलित विद्यार्थीहरुले कृषि वन क्याम्पसको डिनको कार्यकक्षमा ताला लगाएर धर्ना बसेपछि पठनपाठन समेत ठप्प भएको छ ।

क्याम्पसले पुस ६ गते प्रकाशन गरेको भर्नासम्बन्धि सुचनामा विश्वविद्यालयका डीन बलराम भट्टले पदको दुरुपयोग गरेको आरोप लगाउँदै विद्यार्थीहरुले पुस ७ गतेदेखि विद्यालयको डिन, शैक्षिक र आर्थिक कार्यकक्षामा तालाबन्दी गरेका हुन् ।

डीन भट्टले आफ्नो ईन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको पक्षमा एकलौटी भर्ना गर्ने निर्णय सहितको सूचना निकालेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

शनिबार हेटौंडामा आन्दोलित अनेरास्ववियू विश्व विद्यालय कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै मेरिट ९योग्यता क्रम० को आधारमा प्रकाशन नतिजा गलत भएको जनाएको छ ।

प्रवेश परीक्षामा पास भएका ४२ देखि १ सय ८८ क्रम संख्याका विद्यार्थीहरु भर्नाबाट बञ्चित रहेको अनेरास्ववियु विश्वविद्यालय कमिटीका कार्यवाहक अध्यक्ष अंकित खतिवडाले सम्मेलनमार्फत जानकारी दिएका छन् ।

मेरिटमा परेका विद्यार्थीहरु मात्र कलेजमा भर्ना हुन पाउने व्यवस्था भएको भन्दै उनले १ देखि ४१ र १ सय ८९ देखि ६ सय २५ क्रम संख्याका विद्यार्थीहरु मेरिटमा परेको जानकारी दिँदै इन्ट्रान्स पास गरेकामध्ये पहिलो ४१ जनाले हेटौंडा र २१ जनाले उदयपुरको कटारीमा निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।

योग्यता क्रमको ४२ औं देखि योग्यता पुगेकालाई पञ्छाउँदै ६ सय २५ औं योग्यताक्रमका विद्यार्थीहरुलाई डिनले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको विद्यार्थीहरुको आरोप छ, लालखबरले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*