स्वास्थ्य बिमाकोे रकम रोकिँदा हेटौडा अस्पताललाई समस्या

छहारी संवाददाता
माघ ५, २०७६

सम्झना रिजाल/ सेवाग्राहीलाई स्वास्थ्य बिमा मार्फत उपचार गराए बापत अस्पतालले पाउने रकम समयमै प्राप्त नहुँदा अस्पताल व्यवस्थापनमा कठिनाइ आएको हेटौडा अस्पतालले बताएको छ ।

अस्पतालमा स्वास्थ्य बिमा मार्फत आउनु पर्ने रकम लामो समय सम्म रोकिँदा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रबिण श्रेष्ठले बताउनुभयो ।

हेटौडा अस्पतालले पाउनु पर्ने एक करोड ७२ लाख रुपैया समयमा नआउदा विषेश गरी औषधि खरीदमा समस्या भएको श्रेष्ठ बताउनु हुन्छ ।

चालु आर्थिक बर्षको भदौमा बिमा निर्देशनालय मार्फत गत बर्षको बक्यौता दिए पनि यस आर्थिक बर्षको रकम भने नआएको श्रेष्ठले जानकारी दिनुभयो । रकम प्राप्त नहुँदा औषधि खरिद प्रक्रिया तथा मेसिनरी उपकरण थप्न समस्या भएको श्रेष्ठले बताउनु भयो ।

यता अस्पतालबाट समयमा बिल प्राप्त नभएका कारण रकम भुक्तानिमा समस्या भएको स्वास्थ्य बिमा र्बोड मकवानपुरका प्रमुख नर बहादुर खड्का बताउनु हुन्छ ।

बिलमा समस्या हुने बित्तिकै भोली पल्ट नै नहुने भन्दै खड्काले तोकिएको दिन बिल नआए अर्को महिना कुर्नुपर्ने भएकाले पनि समस्या भएको बताउनु भयो ।  

कर्मचारी समायोजनका कारण बिचमा केहि समस्या आए पनि अब भने नियमित रकम भुक्तानीको व्यवस्था गरीने खड्काले बताउनु भयो ।

यसैबिच हेटौडा अस्पतालमा चाल् आर्थिक बर्षमा ६८ हजार भन्दा धेरैले सेवा लिएका छन । अस्पतालको तथ्याङक अनुसार ६८ हजारले सेवा लिदा तिन करोड १५ लाख रुपैया आम्दामी गरेको छ ।

सबै भन्दा धेरै आकस्मीक सेवामा २२ हजार २ सय ४७ जनाले सेवा लिएका छन । यस्तै १७ हजार ४ सय १९ जनाले अस्पतालको फार्मेसि मार्फत औषधि खरिद गरेको अस्पतालले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*