निश्पक्ष काम गर्न उपप्रमुखहरुलाई कानूनमन्त्री जमकट्टेलको निर्देशन

छहारी संवाददाता
माघ ५, २०७६

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले न्यायीक समितिमा रहेर निश्पक्ष रुपमा काम गर्न उप प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा योजना तर्जुमा, राजश्व अनुगमन तथा न्यायीक विषयक प्रशिक्षण कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले जनप्रतिनिधिले गर्ने काममा नयाँ पन आउनुपर्ने बताउनुभयो । नयाँ अभ्यासमा काम गर्दा पनि जनतालाई केन्द्रीत गरेर काम गर्न उहाँको आग्रह छ ।

प्रदेश सरकारले स्थानीय तहमा न्यायीक समितिको काममा सघाउन कानूनी सहजकर्ता पठाएको बताउँदै उहाँले भन्नुभयो– ‘कानूनी सहजकर्ता पठाएका स्थानीय तहमा धेरैले राम्रोसंग काम गरेका छन् । तर, केही स्थानीय तहमा हाजिर समेत नगराउने समस्या समेत छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, भरतपुर महाँनगरपालिकाका उपप्रमुख पार्वती ठकुरी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*