दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको खाद्य संकटः संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले दक्षिण अफ्रिकी मुलुकमा खाद्य संकट चुलिएको जनाएको छ ।
खडेरी र बाढीका कारण गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको हो ।
भोकमरीको यो सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढ्दो अवस्थामा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
इस्वाटिनी, लेसोथो, मदागस्कर, मालावी, मोजाम्विक, नामिविया, जाम्बिया र जिम्बाबे लगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा नागरिकले अत्यधिक खाद्यान्न सङ्कटको सामना गरिरहेका छन् । मौसम विज्ञहरूले यस क्षेत्रमा यस वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन् ।