भूकम्पिय जोखिम न्यूनिकरण गर्न शैक्षिक प्रदर्शनी 

छहारी संवाददाता
माघ ३, २०७६

भक्तपुरमा परम्परागत शैली र आधुनिक प्रविधि तथा ज्ञानसिपबाट भूकम्पिय जोखिम न्यूनिकरण र पूर्व तयारीका अभ्यासहरुलाई सँगसँगै लागु गर्न खोजिएको छ ।

भूकम्पीय सुरक्षा दिवसको सन्र्दभ पारी हिजो ख्वप इन्जिनियरिङ कलेजले दत्तात्रय मन्दिर परिसरमा आयोजना गरिएको थियो ।  

शैक्षिक प्रदर्शनीमा भूकम्पिय जोखिम र अपनाउनुपर्ने सुरक्षाको बारेमा केन्द्रीत प्रर्दशनीमा विद्यार्थीहरुले भवन संरचना अनुसार घरको जग खन्नेदेखि, आरसिसिका ढलान, पिल्लर, स्लाप तथा छाना छाउने, डण्डि बाध्ने प्रक्रियाहरु पनि प्रस्तुत गरेका थिए ।

प्रर्दशनिमा अत्याधुनिक प्रविधि र निर्माण सामग्रीहरुको पनि प्रस्तुती रहेको थियो । एकै थलोबाट आधुनिक र परम्परागत शैलीका प्रविधिहरुको ज्ञान दिन प्रर्दशनि आयोजना गरिएको ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले बताउनुभयो ।

प्रदर्शनीमा २९ वटा शैक्षिक सामग्रीहरु राखिएका थिए भने १ सय ९६ जना विद्यार्थीहरु सहभागि भएका थिए । २०७२ सालको भूकम्पले भक्तपुरमा ४० हजार घरमा क्षति पुगेकोमा २५ हजार भूकम्पपीडितले पुनर्निर्माणका लागि सरकारी किस्ता बुझेका छन् । सीआइएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*