हेटौँडामा ‘दोस्रो सोनाम ल्होछार महोत्सव’ हुने
तामाङ समुदायको महान सास्कृतिक पर्व २८५६ जीवा ल्हो/मुसा वर्ग सोनाम ल्होछारको अवसरमा हेटौँडामा ‘दोस्रो सोनाम ल्होछार महोत्सव’ हुने भएको छ ।
यही माघ १० र ११ गते हेटौँडाको टिसिएन चौरमा हुने महोत्सबको बारे ल्होछार महोत्सव मूल समारोह समितिको संयोजक आत्माराम मोक्तानले आज हेटौडामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
महोत्सवमा तामाङ समुदायको भेषभुषा, सस्कृति, रहनसहनको प्रदर्शन हुने र हेटौँडामा पहिलो पटक नेपाल झाक्रि संघको महिला झाक्रीहरुको समेत बिशेष प्रस्तुत रहने ह्याङ्ला तमाङ समाजका सचिव सुवाश सिंतानले बताए ।
महोत्सब अन्तर्गत पहिलो दिन युवा घेदुङको संयोजनमा तामाङ सेलो नृत्य प्रतियोगिता र साँझ लामाद्वारा पुजापाठ र प्रवचन गरि दिपावली हुने आयोजकले जनाएको छ । सोहि दिन साँझ सास्कृतिक घेदुङको संयोजनमा हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन हुनेछ ।
त्यस्तै, दोस्रो दिन नेपाल झाक्रि संघको बिशेष सहभागितामा झाँकी, र्याली, सहित बागमती प्रदेशको उपसभामुख राधिका तामाङद्वारा महोत्सबको उदघाटन हुने र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार संयोजक दिलबहादुर लामाले बताए । कार्यक्रममा ६ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । जिल्लाको गुम्बा, तामाङ गुठी, लगायतले गत बर्ष देखि संयुक्त रुपमा महोत्सब गर्दै आएको छ ।