सहकारी व्यवस्थापनमा हेटौडा उपमहानगरपालीकाको चासो

छहारी संवाददाता
माघ ३, २०७६

सम्झना रिजाल/ नगर क्षेत्र भित्र रहेका सहकारी व्यवस्थापन गर्न हेटौडा उपमहानगरपालीकाले चासो देखाएको छ ।

दुइ बर्ष देखि सहकारीको व्यवस्थापनमा निष्कृय रहेको उपमहानगरपालीकाले यस बर्ष चासो देखाएको हो । स्थानिय तहहरुले सहकारी व्यवस्थापनका लागी कुनै योजना तथा कार्यक्रमहरु नल्याउदा उपमहानगरपालीका भित्रका सहकारी सस्थाहरु नियमन तथा अनुगमन हुन सकेका थिएन ।

उपमहागरपालीकाले नगर भित्रका २२१ वटा सहकारी  सुचिकृत गरेको सहकारी,उद्योग पर्यटन तथा स्वरोजगार शाखा प्रमुख राम कृष्ण थापाले बताउनु भयो । यस बर्ष सहकारी मार्फत तालीम, उद्योग प्रर्बधन सहकारी खेतिका लागी उपमहानगरपालीकाले एक करोड ६० लाख बजेट बिनियोजन गरेको थापाले बताउनु भयो ।

यस्तै सहकारी अनुगमन तथा नियमन गर्नको लागी उपमहानगरपालीकाले सहकारी ऐन बनाएको र सहकारी बिनियम ,सहकारी एकिकरण कार्यबिधि, सहकारीको कार्य क्षेत्र बिस्तार कार्यबिधि तथा सहकारी नियमावली निमार्ण गर्ने तयारी भैरहेको उहाँको भनाइ छ ।

यस्तै सहकारी अनुगमनको लागी सुचक तयार गर्ने काम भैरहेको उहाँले जानकारी दिनु भयो । उपमहागरपालीकाले चासो देखाए सँगै सहकारीहरुले पछिल्लो समय रिर्पोटिङ गर्न थालेको बताइएको छ । सहकारी एकिकरणलाइ उपमहानगरपालीकाले प्रथमिकताका साथ अघि बढाएको थापाले बताउनु भयो ।

बिज्ञ कर्मचारीको अभाबका कारण काममा केहि ढिलाइ भैरहेको थापाले बताउनु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई सहकारी क्षेत्र हस्तान्तरण गरेको छ ।

एउटै स्थानिय तह भित्र मात्रै कार्य क्षेत्र रहेका सहकारीहरुको स्थानिय तहले अनुगमन गर्ने, दुइ वटा भन्दा भन्दा बढी पालीकाहरुमा कार्य क्षेत्र रहेका सहकारीलाइ प्रदेस सरकारले नियमन गर्ने प्राबधान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*