मकवानपुरको बकैयामा एकै दिन २ बालविवाह रोकियो
मकवानपुर जिल्लाको बकैयागाउँपालिका वडा न ५ र ७मा एकै दिनअर्थात माघ १ गते २ वटा बालविवाह रोकिएको छ । बाल हेल्पलाइन १०९८ को पहलमा बडा कार्यालय र हात्तीसुडे प्रहरी चौकीको सहयोगमा सो कार्य भएको हो ।
वडा न ७ मा बालक १७ वर्ष एवं बालिका १६ वर्ष रहेकोमा २० वर्ष उमेर नपुगि बिहे नगर्ने र पढाइलाइ पुन निरन्तरता दिने सहयोगको लागि आवश्यक परेमा बडा कार्यालय तयार रहेको वडा न ७ का वार्ड अध्यक्ष रामकाजी लामीछानेले बताउनु भएको छ ।
सोहि दिन बकैया वडा न ५ मा आफ्नै परिवारबाट बालिकाको विवाह गरिदिन माघ २ गतेको दिन तय भएकोमा बालिका स्वयले बाल हेल्पलाइनको १०९८ नम्वरमाकलगरि विवाह रोक्न भनि जानकारी गराएकी थिइन सोहि अनुसार प्रहरी र वडा कार्यालयको समन्वयमा वार्ड कार्यालयबाट बडा अध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोले, हात्तीसुडे प्रहरी चौकीका इन्चार्ज असइ कृष्ण गौतम र बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीको टोलीबालिकाको घरमागइ स्थानीय सरोकारवाला सहितबालविवाह यस्का असर तथाकानुनीब्यवस्थाबारेमा सबै जानकारी गराइएको थियो ।
बालिकाका बुबाले २० वर्ष नपुगि छोरीको विवाह नगरिदिने र छोरीलाइ पढाएइमा निरन्तरता दिने बताए । उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सहयोगको लागि अनुरोध समेत गरे ।
कानुन उलङ्घन गर्ने जो कोहिलाइ पनि दण्ड गरिने र कानुनले कसैलाइ पनि छुट दिन नसक्ने असइ कृष्ण गौतमले जानकारी गराउनु भयो ।
दुबै वडाका बालिकाहरुले कक्षा ८ मा पढाइ छाडेको पुन यसै वर्ष जाँच दिन तथा आवश्यक सहयोगको लागि विद्यालयसँग समन्वय भइरहेको बाल हेल्पलाइनले जनाएको छ । हाल दुबै बालिकाहरुलाइ आवश्यक परामर्शको लागि बाल हेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ ।