२ दिने उद्घोषण तालिम सम्पन्न
नगर पास्टर यशोसिएसन हेटाँैडाले आयोजना गरेको २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नगर पास्टर यशोसिएसन हेटौडाका अध्यक्ष रुपेश राईको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराजको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
हेटाँैडा–६ शान्तिटोलमा रहेको क्रिष्टल चर्चमा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कालिराजले तालिममा सिकेका कुरा व्यवहारमा लागु गरे मात्र तालिम लिएको सार्थक हुने बताउनु भयो । उहाँले जिल्लामा उद्घोषकहरुको अभाव भइरहेको अवस्थामा यस तालिमले अवसरहरु दिने बताउनु भयो । बोल्ने कला र संचार जगतमा रहि समाचारको माध्यामबाट समाज परिर्वतन गर्नको लागि इसाई धर्मालम्बी भित्र पत्रकार जन्मनु पर्नेमा जोड दिनु भयो । इसाईहरुले गरेका राम्रा कामहरु बाहिर नआउने भन्दै सबै पास्टर तथा मण्डलीका प्रदाधिकारीहरु पत्रकार तथा संचारसंग नजिक हुन आग्रह समेत गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अथिति नेपाल ख्रिष्ट्रिय महासंघ मकवानपुरका अध्यक्ष मोम लामाले तालिममा प्रभावकारी कुराहरु सिक्नु भएको भन्दै सिकेको कुरा जिवनमा उतारी अब्बल बन्नको आग्रह गर्नु भयो । उहाँले यस तालिमले इसाई जगतमा नयाँ आयम थप्न सहयोग पुग्ने बताउनु भयो । सहभागिहरुलाई शुभकामना दिँदै समाजमा बोल्दा देखि प्रचार गर्दा समेत विचार पुर्याएर बोल्नु पर्ने अवस्था आइरहेको परिपेक्षमा यस तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको समेत बताउनु भयो ।
तालिमका सहजकर्ता रेडियो गुड न्यूज एफएमका पास्टर कुमार अब्राहमले इसाई दाजुभाई दिदिबहिनीमा रहेको चासो र उत्साहका कारण छोटो अवधीमै धेरै कुरा सिक्न सफल भएको दावी गर्नु भयो । साथै उहाँले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सकेमा तालिम फलदायी रहने विश्वास व्यक्त गर्नु भयो ।
इसाई धर्मालम्बीहरुमा नेतृत्व, क्षमता विकास एवं आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजना गरेको नगर पास्टर यशोसिएसन हेटौडाका अध्यक्ष रुपेश राईले बताउनु भयो ।
रेडियो गुड न्यूज एफएमका पास्टर कुमार अब्राहम र गुड न्यूज एफएमका पत्रकार सुनिल लामाले सहजीकरण गर्नु भएको तालिममा हेटौँडा उपमहानगर पालिकाका १९ वटै वडाका मण्डलीका गरि ६० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रमुख अथिति रुपक कालिराज, प्रशिक्षक कुमार अब्राहम लगायतको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
सहभागिको तर्फबाट टिका थिङले तालिमबाट बोल्ने आत्मबल बढाएको भन्दै पुनः पुर्र्नताजगी तालिम दिनु पर्ने आवश्यक रहेको बताउनु भयो । सहभागिहरुले दुई दिने तालिमले उद्घोषण तथा बाल्ने कलाको बारेमा सैद्धान्तिक धेरै ज्ञान पाएको र अभ्यासको कमि भएको बताएका थिए । र आगामी दिनमा अर्को चरणको कार्यक्रम ल्याउनको लागि समेत आग्रह गरेका छन् ।
कार्यक्रममा पास्टर अशोक अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने शुरुको प्रार्थाना नवराज लामाले गर्नु भएको थियो भने मकवानपुर पास्टर यशोसिएसनका अध्यक्ष दिपक भोलोन बाइबलबाट प्रबचन दिनु भएको थियो ।
सो कार्यक्रममा नेपाल ख्रिष्ट्रिय महासंघ मकवानपुरका अध्यक्ष मोम लामा, मकवानपुर पास्टर यशोसिएसनका अध्यक्ष दिपक भोलोन, गुड न्यूज एफएमका पत्रकार सुनिल लामा, नगर पास्टर यशोसिएसनका संस्थापक सचिव सागर श्रेष्ठ,रेडियो बुलेटिनका समाचार प्रमुख मसान उपाशक लगायत विभिन्न मण्डलीका पास्टर,एल्डर, अगुवा लगायतको आथित्यता रहेको थियो ।