सम्झौता गर्न नआएका लाभग्राहीहरुको नाम सुचिबाट हटाउने तयारी
२०७२ सालको भुकम्पबाट प्रभावित मकवानपुरका निजी आवास पुनर्निमार्ण तर्फका सम्झौता गर्न नआएका लाभग्राहीहरुको नाम सुचिबाट हटाउने तयारी गरिएको छ ।
बिहीबार जिल्ला समन्वय समितिका प्रमुख एवम् पुननिर्माण सहजीकरण समितीका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आजको बैठकले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको १२२औं कार्यसमिती बैठकको निर्णय बमोजिक गैर लाभग्राही कायम गर्ने तयारी गरिएको प्रमुख खुलालले बताउनुभयो ।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको बैठकले निजी आवास पुन निर्माण लाभग्राही कायम भै २०७६ असार मसान्त सम्म सम्झौता भए नभएका तथा पौष मसान्तसम्म म्याद थप गरीएका ९एकिकृत बस्ती, जोखीम बस्ती, जोखीम वर्ग, भुमिहीन र छुट तथा पुन जाँच सर्वेक्षण–२०७५÷०७६ बाट कायम लाभग्राही बाहेक० तोकिएको समय सीमासम्म पनी सम्पर्क÷सम्झौता गर्न नआउने लाभग्राहीलाई गैर लाभग्राही कायम गर्न राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा सिफारीस गरि पठाउने निर्णय गरेको छ ।
सो निर्णय बमोजिम मकवानपुरका त्यस्ता लाभग्राहीको सम्पुर्ण विवरण अर्को बैठकमा पेश गर्ने र लाभग्राहीको नाम सुचिवाट हटाईने उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले मकवानपुरमा भुकम्प पछि प्राविधिक पुग्नु पुर्व बनेका ३ सय ६१ लभग्राहकिो बाँकी किस्ता निकासा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
साथै लाभग्राही कायम भई २०७६ असाढ मसान्त सम्म सम्झौता भए÷नभएका तथा पौष मसान्त सम्म म्याद थप गरिएका ९एकिकृत बस्ती, जोखीम बस्ती, जोखीम वर्ग, भुमिहीन र छुट तथा पुन जाँच सर्वेक्षण–२०७५/०७६ बाट कायम लाभग्राही बाहेक० १९७ जना लाभग्राहीको पहिलो किस्ता र २०७६ साल कार्तिक मसान्तसम्म दोस्रो किस्ता लिईसक्नु पर्ने तथा माघ मसान्तसम्म म्याद थप गरिएका (एकिकृत बस्ती, जोखीम बस्ती, जोखीम वर्ग, भुमिहीन र छुट तथा पुन जाँच सर्वेक्षण–२०७५/०७६ बाट कायम लाभग्राही बाहेक) हाल सम्म दोस्रो किस्ता माग गर्ने २ सय २ जना लाभग्राहीको किस्ता रकम निकासा गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो, साझा सन्देशमा खबर छ ।
२०७२ सालको भुकम्पबाट मकवानपुरमा ३४ हजार ५ सय ७९ पुननिर्माण लाभग्राही र १३ हजार १ सय ६ जना प्रवलकिरण गरि कुल ४७ हजार पहिचान भएका छन् । जस मध्ये हाल सम्म ८६ प्रतिशतसंग सम्झौता भएको छ ।
सम्झौता भएका मध्ये पनि हाल सम्म ८५ प्रतिशतले पहिलो किस्ता, ७० प्रतिशतले दोस्रो किस्ता र ५५ प्रतिशतले तेस्रो किस्ता अनुदान प्राप्त गरेको भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई मकवानपुरका कार्यालय प्रमुख बिमल किशोर केपीले बताउनुभएको छ ।
त्यस्तै प्रबलीकरण तर्फ हाल सम्म ६४ प्रतिशतले मात्र सम्झौता गरेको समेत उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, प्रमुख कोष नियन्त्रक वसन्त गुरागाई, मालपोत कार्यालयका प्रमुख नविन किशोर अधिकारी, डि एल पि आई यु शिक्षाका प्मुख बद्री बहादुर पाठक, जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनका प्रमुख तुलसीराम खरबुजा, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख ईमनाथ पौड्याल, डिभिजन वन कार्यालय राप्तकिा सहायक वन अधिकृत सुरेश प्रसाद गुप्ता, भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना ईकाईका शाखा अधिकृत भीम बहादुर परियार लगायतको सहभागिता थियो ।