प्रदेशको नाम र राजधानीका लागि भोली मतदान 

छहारी संवाददाता
पुस २७, २०७६

प्रदेश तीनको प्रदेश सभा बैठक भोली बिहान बस्दैछ । सभामुख सानुकुमार श्रेष्ठले भोली बिहान ९ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।

भोलीको प्रदेश सभाबाट प्रदेश तीनले बास्तविक नाम र स्थायी राजधानी पाउँदैछ । जसका लागि भोली मतदान हुनेछ । सभामुख भन्दा बाहेक एक सय ६ जना सांसदले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने पक्का भएको छ ।

यता प्रदेशको नाम वागमतीमा भने सवैदलका सांसदहरुले मतदान गर्ने निश्चित भएको छ । नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

भोली विहान खुल्ला मतदानको व्यावस्था संसद सचिवालयले गरेको छ । मतदानपछी प्रदेशले स्थायी राजधानी र नामाकरण हुने छ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । सवै भन्दा वढी नेकपाको मात्र ८० जना सांसद रहेका छन् ।

आजको प्रदेशसभा वैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तीनको राजधानी हेटौंडाको पक्षमा प्रस्ताव पेश गर्नुभएको थियो ।

पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाउनुभयो ।

राजधानीका विषयमा सांसदहरुले भाग लिएर आफ्ना कुरा राखेका थिए । सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका गर्नुभयो ।

बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाउनुभयो ।

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन् । नामका विषयमा सांसद प्रेम तामाङले असमती जनाएपनि उहाँले विमत्तिको नाम दर्ता गराउन प्रस्तावक र समर्थक नपाएपछी दर्ता गराउन सक्नुभएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*