थारु सँस्कृतिको प्रचार गर्ने उद्धेश्यले माघी महोत्सव हुँदै
थारु सँस्कृतिको प्रचार प्रसार गर्ने उद्धेश्यले माघ १ गते हेटौंडामा माघी महोत्सव आयोजना हुने भएको छ । हेटौंडाको भुटनदेवी माबिको चौरमा हुने महोत्सवमा ५ हजारले अवलोकन गर्ने जनाइएको छ ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दे महोत्सवका मुल आयोजक समारोह समितिका संयोजक हरिलाल चौधरीले महोत्सवको माध्यमबाट थारु सँस्कृतिको लोक भाषा, साहित्य, रितिरिवाज तथा खानपिनको व्यवासायीकरण तथा प्रचार प्रसार गरिने बताउनुभयो ।
महोत्सवमा थारु सँस्कृति झल्काउने हस्तकला, पहिरन, विभिन्न नृत्यहरु प्रर्दशन गरिने संयोजक चौधरीले जानकारी दिनुभयो । महोत्सवका लागि ५ लाख ५० हजार खर्च हुने समितिले अनुमान गरेको छ।
मकवानपुरमा पछिल्लो समय विभिन्न कामको शिलशिलामा बसोबास बढ्दै गएको र जिल्लामा थारु जनसँख्या २ हजार रहेको र ८० घरधुरी स्थायी रुपमा हेटौंडामा बसोबास गर्दे आइरहेको चौधरीले बताउनुभयो ।