७० वर्ष भए पनि म बाल कलाकार जस्तै छुः मदनकृष्ण श्रेष्ठ 

छहारी संवाददाता
पुस २७, २०७६

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले आफू अहिले ७० वर्ष भए पनि बाल कलाकार जस्तै लाग्ने बताउनु भएको छ ।

आज नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको हेटौंडा बाल कला साहित्य महोत्सवमा बोल्दै महको म अर्थात मदनकृष्ण श्रेष्ठले दुवै जनाको इमान्दारीताले गर्दा सहयात्रा दिगो रुपमा अगाडि बढिरेहेको बताउनुभयो ।  

शासन व्यक्तिको होइन विधिको हुनुपर्ने भन्दै उहाँले सोही अनुरुप आफुहरुके सहयात्रा दिगो रुपमा अगाडि बढिरेहेको बताउनुभयो ।

कार्यक्रममा हरिवंश आचार्यले कलाकार पेशा एकदमै राम्रो पेशा रहेको बताउनुभयो । उहाँले बुवा आमाले आफुलाई पण्डित बनाउने सपना देखेको भएपनि आफु कलाकारितामा लागको लागको बताउनुभयो । साहित्यकार भूपिन खड्काले मह जोडी कार्यक्रमको सहजीकरण गर्नु भ्एको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले बालसाहित्य महोत्सवले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नेमा जोड दिनुभयो । कार्यक्रममा हाँस्यव्यङ्ग्यकार आरसी रिजाल र राजकुमार लामिछानेले नाटक प्रहर्सन गर्नुभएको थियो ।

नवोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले महोत्सवले विद्यार्थीहरुको कला र साहित्यमा निखारता ल्याउने भएकोले कार्यक्रम आयोजना गरेको बताउनुभयो। महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने उहाँको भनाई थियो ।

नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले दोस्रो महोत्सव सञ्चालन गराउन सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त गर्दै आगामी वर्ष पनि तेस्रो महोत्सव आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा नवोदय विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीद्वारा रचित फक्रदो इन्द्रेणी, रोशन पोखरेलको नोर र मकवानपुर बाल विद्या सदनका विद्यार्थीद्वारा रचित स्पार्कल फ्रम स्वयम्भू किताब विमोचन गरिएको थियो ।

महोत्सवको पूर्वसन्ध्यामा थाहानगरमा भएको कार्यशालामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

दुईदिन भएको महोत्सवमा बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक प्रर्दशनी, प्यानल डिस्कसन लगायतका विषयमा छलफल भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार तथा लेखक राधा पौडेल, साहित्यकार अमर न्यौपाने, समिक्षक घनश्याम घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालय, काठमाडौं पब्लिकेशन र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा महोत्सव भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*