मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री स्थानिय शासन घोषणा हुने अन्तिम चरणमा

छहारी संवाददाता
पुस २७, २०७६

देशभर रहेका ४६० वटा गाउँपालिका मध्ये मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने पहिलो गाउँपालिका बन्दैछ । गाउँपालिकाले आज मनहरीमा पत्रकार सम्मेलन गरी यहि २८ गते हुने घोषणाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने घोषणा कार्यक्रमको तयारी लगभग सकिएको जानकारी दिनुभयो । राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ मा टेकेर यो अभियान थालिएको भन्दै उहाँले यसले सबै वर्ग समुदायलाई समेट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– "हामीले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्‌गता, जनजाति लक्षित जती पनि कार्यक्रम सञ्चालन गर्यौं ती सबैलाई समेट्ने कार्यक्रम बालमैत्री शासन नै हो। यो अभियान सफल हुँदा सबै क्षेत्रको सुधार हुने पक्का छ ।" 

घोषणासंगै अभियानको सुरुवात हुने भन्दै उहाँले घोषणापछि झनै फिल्डमा खटिएर अभियान सफल पार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले स्थानीयको साथ र सहयोग बिना बालमैत्री अभियान सफल नहुने भएकाले अभियानलाई अपनत्व दिन आग्रह गर्नुभयो ।

यस्तै पत्रकारहरुलाई पनि अभियानको दिगोपनाका लागि सकारात्मक आलोचना गर्दै कलम चलाउन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा उठेका जिज्ञासाको जवापल दिँदै गाउँपालिका उपाध्यक्ष मनिला विष्टले अनुगमनमा भेटिएका कमी कमजोरीहरुलाई तत्काल सम्बोधन गर्ने काम भएको बताउनुभयो । यो सुरुवात भएकाले आगामी दिनमा अझै प्रभावकारी ढंगले अभियान चलाईने र बेला बेला अनुगमन गरिने बताउनुभयो ।

बालमैत्री घोषणाका लागि राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले बालमैत्री स्थानीय शासन अवलम्बन पद्धतीबारे जानकारी गराउनुभयो ।

उहाँले बालमैत्री घोषणाले बालबालिकामा चेतनाको बृद्धि हुने, अभिभावकमा सकारात्मक भावना जागृत हुने, विद्यालय, संघसंस्था, व्यापारीमा सकारात्मक सोचको विकास हुने र स्थानिय तहमा विकासको सोचमा परिवर्त आउने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, सामाजिक विकास अधिकृत राजेन्दै चौलागाई, गाउँपालिका स्तरिय बालसंजालका अध्यक्ष सनिश लो लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*