निर्मलाको कथामा आधारित चलचित्र "कोपिला"को च्यारिटी शो माघ १० गते

छहारी संवाददाता
पुस २५, २०७६

हेटौंडामा माघ १० गते चलचित्र ‘कोपिला’ को पहिलो च्यारेटी शो हुने भएको छ । 

मकवानपुर जागरण अभियान नेपालले   आज हेटौंडामा पत्रकार सम्मेलन गरि हेटौँडाको एनएस सिनेमाहलमा च्यारेटी शो गर्ने  जानकारी दिएको हो ।  

बलात्कार पछि हत्या गरिएकि कन्चनपुरकी बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र कोपिलाको च्यारिटी शो बाट उठेको रकम उनको परिवारलाई दिने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिनुभयो । 

निर्मलाको परिवारलाई हेटौँडा बोलाएर सहयोगका रुपमा ५० हजार रकम हस्तान्तरण गर्न लागिएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

गत वर्ष "पंचायत" चलचित्रको च्यारेटी शो गरेर उठेको रकम सामाजिक कार्यमा लगायको अभियानले यसवर्ष कोपिलाको च्यारिटी बाट उठेको रकम निर्मला पन्तको परिवार र अन्य सामाजिक क्षेत्रमा लगाउने बताउनुभयो । 

च्यारेटी शोमा चलचित्रका कलाकारको समेत उपस्थिति रहने बताइएको छ । 

पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले निर्मलाको विषयमा चलचित्र ‘कोपिला’ बनेको  बताउँदै चलचित्रले दर्शकलाइ निराश नबनाउने बताउनु भ्यो । 

निर्मलाको परिवारसँग अनुमती लिएर नै चलचित्र निर्माण गरेको भन्दै निर्माता गौतमले चलचित्रले अहिलेको सामाजिक कथा बोकेको बताउनुभयो । चलचित्रलाई नेपाल सरकारले सेन्सर पास गरिसकेको उहाँले जानकारी दिनुभयो । 

चलचित्रमा राजनितिक चलखेलले निर्मलाको हत्यारा पत्ता नलाग्दा परिवारमा परेको मनोवैज्ञानिक असर समावेस गरिएको गौतमले जानकारी दिनुभयो । 

चलचित्रमा ‘कोपिला’ को भूमिका संजिबनी खरेलले निभाएकि छन् । यस्तै गणेश गिरि बुबाको र सरिता गिरि आमाको भुमिकामा देखिने छन् । 

चलचित्रमा ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। 

गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। 

दीपक शर्माको संगीत रहेको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका छन। यसअघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*