हेटौंडाबासीले अबको दुई रातमा राजधानी पाउँछन्ः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
पुस २५, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडाबासीले अबको दुई रातमा राजधानी पाउने बताउनु भएको छ ।

उद्योग संघ मकवानपुरको १८ औ वार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले छलफल अन्तिम चरणमा पुगेको भन्दै दुई रातपछि राजधानी हेटौंडा नै हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रादेशीक  उद्योगका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । औद्योगिक समस्या समाधानका लागि आफुहरु लागिरेहको उहाँको भनाई छ ।

कार्यक्रममा प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगका लागि गर्नु पर्ने सहयोगका लागि तयार रहेको बताउनुभयो ।

प्रदेश तीनलाई उद्योगमैत्री बनाउन काम भईरहेको भन्दै उहाँले सरकारले उद्योगका लागि राम्रा कानूनहरु बनाएको बताउनु भयो । रोजगारी सृजना गर्ने गरी आर्थीक समृद्धीको आधार तयार गर्दै लैजाने पनि उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले शब्ले मात्र समृद्ध नेपाल सुखी नेपालीको नारा शब्दमा मात्रै सिमीत हुन नदिन अहिलेको सरकारलाई आग्रह गर्दै व्यावहारमा पनि लागू गरिनुपर्ने बताउनुभयो ।  

कार्यक्रममा औद्योगिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनु भएका अन्नपुर्ण पोष्ट दैनिकका मकवानपुर संवाददाता कृष्ण सारु मगर र नयाँ पत्रिका दैनिक मकवानपुरका संवाददाता सुदिप शिवाकोटीलाई नगद रकम सहित सम्मान गरिएको थियो ।

यसैगरी आफै उद्यम गर्दै आउनु भएकी महिला उद्यमी देवी मायाँ श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल पत्रकार महासंघ प्रदेश तीन अध्यक्ष प्रताप विष्ट, महासंघका जिल्ला अध्यक्ष हरि हुमागाई, नेपाल ब्रोडकाष्टिङ एसोसिएन नेपाल बानका उपाध्यक्ष उज्वल चौलागाई, मजदुर नेता गंगा भटराई लगायतको आतिथ्यता रहेको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*