तामाङ घेदुङको प्रथम अधिवेशनको तयारी पुरा
प्रदेश नम्बर तिनको मुकाम हेटौडामा नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम अधिवेशनको तयारी पुरा भएको छ ।
भोलि र पर्सी हुने दुइदिनको अधिबेशनमा ‘नेवास् ताम्सालीङ प्रदेश स्थापना राष्ट्रको पहिचान, तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका हुने अधिबेशनमा प्रदेश ३ का विभिन्न जिल्लाका प्रतिनिधि तथा पर्यबेक्षक हेटौडा आइपुगिसकेका छन् ।
अधिवेशनको उदघाटन प्रदेश ३ का उपसभामुख राधिका तामाङबाट हुने भएको छ । शुक्रबार र शनिबार दुइदिन हुने अधिवेशनमा प्रदेश ३ अन्तर्गत पर्ने १३ वटा जिल्लाहरुबाट कुल ५८६ जना जिल्ला प्रतिनीधिहरुको उपस्थिती रहेको प्रदेश घेदुङ अध्यक्ष सोम्बले तामाङले बताउनु भयो ।
अधिबेशनको उदघाटन सत्र भोलि ९शुक्रबार० हेटौडामा बृहत जनप्रदर्शन सहित र्याली गरि बजार परिक्रममा गर्ने आयोजकले जनाएको छ ।
र्याली हेटौडाको वडा नम्बर १० मा रहेको टिसिएन चौरमा जम्मा भै बजार परिक्रममा अधिबेशन स्थल रोयल पार्टी प्यालेसमा आइपुग्ने मकवानपुर घेदुङको अध्यक्ष लिलाकुमार घलानले बताउनुभयो ।