प्लाइउडले च्यापिएर हेटौडा ११ का रामेश्वरको मृत्यु (तस्विरहरु)

छहारी संवाददाता
पुस २४, २०७६

ढोकामा हाल्ने प्लाइउडले च्यापिएर हेटौडामा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो हेटौडाको कान्तिराजपथ स्थित राधाकृष्ण हार्डवयरको गोदाममा प्लाइउड निकाल्ने क्रममा च्यापिएर हेटौडा ११ डाङडुगेका २६ वर्षका रामेश्वर गजुरेलको मृत्यु भएको हो ।

रामेश्वरको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै घरको ढोकामा हाल्ने प्लाइउड लिन गएका उनलाई एउटा निकाल्न खोज्दा गोदाममा रहेको सबै प्लाई पल्टिएर किचेको दाजु विष्णु गजुरेलले जानकारी दिनुभयो ।

प्लाइउड निकाल्न संगै गएका रामेश्वरका बुबा रामचन्द्र गजुरेललाई पनि हातमा सामान्य चोट लागेको छ । अहिले शव अस्पतालमै रहेको र आफन्तले प्रहरीको रोहबरमा मात्रै शव उठाउने बताएको अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगरे मुचुल्का उठाउने काम गरेको र घरटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडाी चलाउने काम गर्दै आएका रामेश्वरका १ छोरा र श्रीमती छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*