पुस ४ गते देखि गुफा बसेका लामा गुरुहरु २१ दिनपछि आज निस्कीए (तस्विरहरु)
हेटौंडा १४ कालापानिमा रहेको देछेलिङ् गुम्बाको छ्यासल गुफा र थुजे छेम्बो गुफा हासिल गर्न बसेका लामा गुरुहरु आज बाहिर निस्कनु भएको छ ।
पुस ४ गते देखि २१ दिनसम्म एक छाक फलफुल मात्र खाएर २४ घण्टामा २ घण्टा मात्रै आराम गरेर ज्ञान छयोईको पठन गरि लामा गुरुहरु आज गुफा बाहिर निस्कनु भएको हो ।
छ्यासल गुफा पहिलो १८, थुजे छेम्बो गुफा दोस्रो १३ गरी ३१ जना लामाहरु गुफामा बस्नु भएको थियो । आज एक कार्यक्रमको आयोजना गरी लामा गुरुहरुलाई स्वागत गरिएको हो ।
निस्कने क्रममा छ्यासल गुफामा बस्नु भएका १८ जना लामाहरुको मामाहरुले कपाल काट्ने र चोखो लुगा फेराएका थिए । कार्यक्रममा स्थानियवासीहरुले गुरुहरुबाट वाङ् अभिषेक लिएका थिए ।
लामा गुरु मिन दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा १४ नम्वर वडाका वडा अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।