सुशिला पौडेलको नेतृत्वमा हेटौंडा लेडी जेसीजको नयाँ कार्यसमिति
हेटौंडा लेडी जेसीजको साधारण सभाले सुशिला पौडेलको अध्यक्षमा ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार हेटौंडामा भएको २२ औं साधारण सभाले पौडेललाई लेडी जेसीजको सन् २०२० अध्यक्षमा चयन गरेको हो।
सभाबाट हेटौंडा लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली र अञ्जना श्रेष्ठ, उपाध्यक्षमा गंगा श्रेष्ठ, लीलु पुलामी मगर, दुर्गा विष्ट ठकुरी र कविता पौडेल चयन भएका छन्।
समितिको कोषाध्यक्ष, महासचिव, जनसम्पर्क अधिकृत, कानुनी सल्लाहकार लगायत भने अध्यक्षले मनोनित गर्नेछन् । कार्यक्रम हेटौंडा लेडी जेसीजकी २०१९ अध्यक्ष सुष्मा लटौला खरेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष अञ्जना श्रेष्ठले आर्थिक प्रतिवेदन र सचिव जोत्सना भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा हेटौंडा लेडी जेसीजकी गमला राजभण्डारी अस्मिताले निर्वाचन आयुक्तको भुमिका निर्वाह गर्नुभएको थियो।