हेटौंडा उपमहानगरपालिकाले १३ औं साग विजेता मकवानपुरे खेलाडीहरुलाई पुरस्कृत गर्ने 

छहारी संवाददाता
पुस २१, २०७६

हेटौंडा उपमहानगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० विजेता खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको छ ।

नगरकार्यपालिकाको आज बसेको बैठकबाट स्वर्ण विजेता खेलाडीलाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद पुरस्कार दिइने घोषणा गरिएको मेयर हरिबहादुर महतले बताउनुभयो ।

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बा“स्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेमा रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् ।

उनीहरुलाई एक कार्यक्रमका विच नगद पुरस्कार दिने मेयर महतले बताउनुभयो । मेयर महतले नगरपालिका खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगत रुपमा लागिरहेको बताउनुभयो ।

रंगशाला एवम् स्थानीय तहमा खेलमैदान स्थापना र व्यबस्थापन, सबै विद्यालयमा खेलमैदानको व्यबस्था र कभर्डहल निर्माण गरिने उहाँको भनाई छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले पनि सागका प्रदेशका स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*