हेटौंडाको ४ र ५ नम्बर वडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन

छहारी संवाददाता
पुस २१, २०७६

हेटौंडाको ४ र ५ नम्बर वडामा आज देखि शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

शहरी स्वास्थ्य केन्द्रको आज उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भोलीबाटै स्वास्थ्य सेवा सुरु हुने जानकारी दिनु भयो ।

हेटौंडाका १९ वटै वडामा शहरी स्वाथ्य केन्द्र संचालन गर्ने अभियान अनुसार आज दुईवटा वडामा केन्द्रको उद्घाटन् गरिएको मेयर महतले बताउनुभयो ।

सामान्य बिरामीको उपचार अब वडा स्तरबाटनै दिने उदेस्यले स्वास्थ्य केन्द्र स्थापना गरिएको मेयर महतको भनाई छ ।

हेटौंडा ४ को वडा कार्यालय परिषरमा मोहन बर्जाचार्य शहरी स्वास्थ्य केन्द्र र हेटौंडा ५ को वडा कार्यालय नजिक केन्द्र स्थापना गरिएको हो ।

दुईजना स्वास्थ्गयकर्मी राखेर भोलीबाटै सेवा सुरु गरिने हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देलले वताउनु भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*