हेटौंडा जेसीजको अध्यक्षमा राजदेव बानियाँ चयन 

छहारी संवाददाता
पुस २०, २०७६

हेटौंडा जेसीज सन् २०२० को अध्यक्षमा राजदेव बानियाँ चयन हुनु भएको छ ।

बानियाँले ८५ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी दीपेश जोशीले ५७ मत ल्याउनु भएको थियो । यसअघि बानियाँ २०१९ को कार्यकालमा अध्यक्ष पदमा पराजित हुनु भएको थियो

सन् २०१२ मा जेसीजमा प्रवेश गरेका बनियाँ ३९ औं राष्ट्रिय महाधिवेशनमा उपसमिति सदस्य, २०१३ मा क्षेत्र ख संयोजक, २०१३ मै उत्कृष्ट सदस्यता पुरस्कृत, २०१४ मा अर्थ संकलन संयोजक, २०१५ मा जेसीज उपाध्यक्ष, २०१६ मा भवन निर्माण संयोजक, २०१८ मा कार्यकारीणी उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ ।

अध्यक्षमा विजयी भएपछि एक अनलाइनसंग कुराकानी गर्दै बानियाँले आफ्नो कार्यकालमा वार्षिक कार्यक्रमहरु उत्कृष्टताका साथ निरन्तरता दिने, जेसीआई हेटौंडाको कार्यालयलाई युथ सेन्टरको रुपमा विकास गर्ने, युवा स्वरोजगार तालिम लगायतका कार्यक्रम गर्ने बताउनुभएको छ ।

यसैबीच, जेसीजको कार्यकारिणी उपाध्यक्षमा श्रवण बर्तौलाले ७५ र पवन कुमार कंसाकारले ७० मत ल्याई विजयी हुनु भएको छ भने यसै पदका प्रतिद्धन्द्धी गंगा प्रसाद पौडेल, पुष्पराज पुडासैनी र साजन सुवेदी पराजित हुनु भएको छ ।

उपाध्यक्षमा विवेक आनन्द न्यौपानेले १ सय १२, सञ्जिव तिमल्सिना ९सुदिप०ले १ सय ३८, विकेशलाल श्रेष्ठले १ सय २४ र प्रलय राईले १ सय १० मत ल्याउँदै विजयी हुनुभयो भने उपाध्यक्षमा डानियल न्यौपाने पराजित हुनुभयो । तुखबर डटकमबाट
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*