एक दिने सूचना सञ्चार तथा नेतृत्व विकास तालिम सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुर महिला विभागको आयोजनामा एक दिने सूचना सञ्चार तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
मकवानपुरका १० वटै गाउँपालिकामा आयोजना गरिने कार्यक्रम अन्तरगत आज बकैया गाउँपालिकामा सम्पन्न भएको हो ।
शिक्षक संगठनको ५ महिने अभियान अन्तर्गत रचनात्मक कार्यलाई निरन्तरता दिन यस्तो कार्यक्रम आयोजना गरिएको प्रचार बिभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।
संगठन महिला बिभागले अभियान अन्तर्गत नै शिक्षकको पेशागत दक्षता अभिबृद्दिका लागि जिल्लाका १० वटै पालिकामा आईसिटि तालिम आयोजना गरिरहेको छ । जसअन्तर्गत यसअघि हेटौंडा नगरपालिका मा कार्यक्रम सम्पन्न भईसकेको छ ।
त्यसैगरी माघको दोस्रो साता मकवानपुरगढी गाउँपालिमामा उक्त तालिम आयोजना गरिने प्रचार विभाग प्रमुख बिभाग प्रमुख गौतमले जानकारी दिनुभयो । तालिमले शिक्षण सिकाइमा प्रविधिको प्रयोग र शिक्षकलाई दक्ष बनाउने लक्ष लिएको महिला विभाग प्रमुख लक्ष्मी गजुरेलले बताउनुभयो ।
महिला बिभाग प्रमुख लक्ष्मी गजुरेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रिय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यता रहेको थियो ।
जिल्ला सचिब पुरूषोतम आचार्य,शिक्षक हित बचत तथा ऋण सहकनरी अध्यक्ष सिताराम दहाल, नगर अध्यक्ष मुकुन्द न्यौपाने, संगठनका नवराज डोटेल लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला समितिकी प्रतिमा गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमलाई राधेश्याम राईले स्वागत गर्नुभएको हो । तालिममा पालिकामा ४० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।