नेपाल निवृत्त शिक्षक समाजको जिल्ला स्तरीय भेला
नेपाल निवृत्त शिक्षक समाज मकवानपुको जिल्ला स्तरीय भेला आज सम्पन्न भएको छ ।
शिवदयाल यादवको अध्यक्षमा भएको भेलाले यादवको संयोजकत्वमा १५ सदस्य सेवा निवृत्त शिक्षक समाज जिल्ला समन्वय समिति र्निविरोध समिति चयन गरेको छ ।
समितिमा उपाध्यक्षमा सागरथापा र र्नीमला रुपाखेती रहेकी छन् भने सचिवमा अभिमन्यु गौतम र कोषाध्यक्षमा ओम चौलागाई रहनु भएको छ ।
यसैगरि केन्द्रीय प्रतिनिधिमा रामनरेस यादव रहनु भएको छ । सदस्यहरुमा विष्णु दहाल, रामहरी कार्की , राजन भण्डारी, रिपु गौतम , गोपी न्यौपाने, इन्द्र संजेल, जनार्जन खनाल रहनु भएको छ ।
समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष धुर्वराज शर्मा अर्यालको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यतामा रहेको थियो ।