५३ किलो गाँजासहित चार जना प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ५३ किलो गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवाका ३७ ववर्षका दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुरका १८ वर्षका उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका—४ का २४ वर्षका विकास सिंह र मकवानपुरको राक्सिराङ गाउँपालिका ५ का ३५ वर्षका राजकुमार मोक्तानलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहको नेतृत्वमा खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेक पोष्टबाट गएराती उनीहरुलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
हेटौंडाबाट पथलैया जादै गरेको डिएल ३ सिएक्यु ४१७२ नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा तस्करहरु भागेपछि टोलीले हवाई फायर गरेको जिप्रका मकवानपुरका एसपी सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।
कारमा फल्स बटम बनाई लुकाई राखिएको ३२ किलो लागुऔषध प्रहरीले बरामद गरेको थियो । गएराती नै रातोमाटे र चुरियामाईको जंगलबाट मकवानपुरका मोक्तानलाई २१ किलो गाँजासहित पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक कुशवाहको टोली मनहरीबाट विरगंजतर्फ जाँदै गरेको बा ५ ख ७२६८ नम्बरको ट्रकमा शंका लागि जाँच गर्दा गाँजा बरामद भएको थियो ।