नेकपा प्रदेश तीन संसदीय दलको बैठक भोलि फेरि बस्ने
नेकपा प्रदेश तिनको संसदीय दलको बैठक भोली फेरि बस्ने भएको छ।
नेकपा सचिवालयले राजधानी र नामको विषयमा गरेको निर्णय र निर्देशन कार्यान्वयनका बिषयमा छलफल गर्नआज बैठक बसेको थियो । आजको बैठक भोली बिहान ११ बजे फेरि बस्ने गरि स्थगित भएको हो ।
आज दिउँसो ३ बजे मुख्यमन्त्री डोरमणि पौडेल निवासमा बसेको संसदीय दलको बैठकमा १७ जना प्रदेशसभा सदस्यले राजधानी र नामका विषयमा आफ्नो मत राखेका थिए । भोली पनि प्रदेशसभा सदस्यले मत राख्ने छन् ।
आजको बैठकको सुरुवातमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले ऐजेण्डाका बारेमा जानकारी गराउनु भएको थियोे ।
बैठकमा मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णय अनुसार प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले दुई वर्ष देखि चर्चामै सिमित भएको विषयलाई यही पुस २२ गतेसम्ममा सर्वसम्मत रुपमा पारित गर्नुपर्ने बैठकमा बताउनु भएको छ ।
नेकपाका सबै सांसदलाई उहाँले सचिवालयको निर्णयलाई एकमतले पारित गरेर राजधानी र नामको टुंगो लगाउँदै स्थायी मानसिकताबाट कामको सुरु गर्नुपर्ने बताउनु भयो ।
बैठकमा नेकपा प्रदेश कमिटीका पदाधिकारीको पनि सहभागिता रहेको छ ।
प्रदेशसभा सदस्य समेत रहकी प्रदेश तिनकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितबहादुर तामाङ र हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल लगायतकाको सहभागिता रहेको छ ।