प्रदेश दुग्ध विकास बोर्डको कार्यालय उद्द्घाटन
प्रदेश दुग्ध विकास बोर्डको कार्यालय आज उद्द्घाटन गरिएको छ।
ऐन बनेको १४ महिनापछि आज मूख्यमन्त्री डोरमणी पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले थोरै मात्र पहल गरे पनि दूध र दुग्ध पदार्थमा आत्मनिर्भर बन्न सकिने बताउनु भयो । त्यसको लागी प्रभावकारी ढंगले काम गर्न उहाँले सुझाव समेत दिनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सरकारले आवश्यकता महसुस गरेर नै बोर्डको स्थापना गरेको भन्दै वास्तविक मर्मलाइ बुझेर काम गर्न सुझाव दुनुभयो ।
कार्यक्रममा सहकारी मन्त्री दावादोर्जे लामा, मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की, बोर्डका निर्देशक डा. नारायण श्रेष्ठ लगायतले बोर्डको औचित्य बारे जानकारी दिनुभएको थियोे ।