प्रदेश तिनको राजधानी र नाम प्रदेश सभाको पहिलो बैठकले टुङ्ग्याउछ: मुख्यमन्त्री

छहारी संवाददाता
पुस ९, २०७६

प्रदेश तिनका मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नाममा अन्तिम सहमती भैसकेकाले प्रदेशसभा बैठक बसेर अनुमोदन गर्ने बताउनु भएको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेत्र नाथ अधिकारी नेतृत्वको टोलीलाई स्वागत गर्दै उहाले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको दाबी गर्नुभएको हो ।

उहाँले परिपक्व निर्णयका लागि यो विषयमा केही ढिलाइ भएको बताउनुभयो ।  अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा नै राजधानि र नामाकरण हुने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले संघीयता कार्यान्वयनको क्रममा कर्मचारीको अभाव भएको र आवश्यकता अनुसार ऐन कानुन उपलब्ध नहुँदा केही कठिन भएपनि विस्तारै सहज हुँदै गइरहेको दाबी गर्नुभयो । 

गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई मुख्यमन्त्री पौडेलले प्रदेश तीन सरकारले गरिरहेको कामका बारे जानकारी गराउनु भएको थियोे ।  गण्डकी प्रदेशका सभामुखले पनि आफ्नो अनुभव सुनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*