बाँनियाले सामुदायिक प्रहरीलाई दिने एम्बुलेन्स खरिद सम्झौतामा हस्ताक्षर
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बाँनियाले सामुदायिक प्रहरी सेवा केन्द्रलाई दिने एम्बुलेन्स खरिद सम्झौतामा आज हस्ताक्षर गर्नु भ्एको छ ।
हेटौंडा ९ मा रहेको सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा आयोजित एक कार्यक्रममा अध्यक्ष बाँनियाले हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको उपस्थितीेमा सम्झौता पत्रमा हस्ताक्षर तथा हस्तान्तरण गर्नु भएको हो ।
एम्बुलेन्स सेवाबाट कोही पनि बन्चित नहोउन् भनने उदेश्यले आफ्नो हजुरबुबा चेतसिंह बाँनिया र बुबा विरेन्द्रबहादुर बाँनियाको स्मृतिमा दाजु रविनकुमार र रमेशकुमारले संयुक्त रुपमा खरिद गरी सामुदायिक सेवा केन्द्रलाई एम्बुलेन्स दिन लागेको बाँनियाले बताउनुभयो ।
एम्बुलेन्स खरिद सम्झौतापत्रमा एम्बुलेन्सदाता ५ नम्बर वडाध्यक्ष बाँनिया, हेटौंडा नगर प्रमुख महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, ३ नम्बर प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ का अध्यक्ष राम विष्टले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको थियो ।
विष्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा ८ का अध्यक्ष गोपाल श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी, १५ का अध्यक्ष महारत्न लामा, हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कंडेल, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मकवानपुरका युवा नेता तथा व्यवसायी आनन्दराम पराजुली, सीताराम बर्तौला, डिडिसीका प्रमुख गणेश यादव लगायतको उपस्थिती रहेको थियो ।