पहिलो पटक स्थानिय तह हेटौडा १५ ले गर्यो क्रिसमसको शुभकामना आदान प्रदान
हेटौडा १५ नम्बर वडा कार्यालयले क्रिसमसको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि इसाई धर्मालम्बिहरुका पास्टर गुरु, स्थानिय संघसंस्थाका प्रतिनिधि विभिन्न टोलविकास, संचारकर्मी लगायतको सहभागितामा क्रिसमसको शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
हेटौडा उपमहानगर पालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको अध्यक्षता तथा हेटौडा उपमहानगर पालिकाकी उपमेयर मिना लामाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अथिति लामाले कसैले पनि कसैको धर्म माथि विवेद गर्न नहुने बताउनु भयो । नगरका वडाले क्रिसमसको अवसरमा शुभकामना आयोजना गर्नु नै सरकारले कसैलाई विवेद नगरेको संकेत भएको उहाँले बताउनु भयो ।
लामाले सबै समुदाय, वर्गहरुको भावनालाई कदर गर्न स्थानिय सरकार तयार रहेको बताउनुभयो । उहाँले हेटौडा उपनगरपालिकाका १९ वटै वडामा विभिन्न समुदायको बसोबास रहेको भन्दै सबैको हितमा हुने गरी काम गर्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अथिति दिव्य सेवा निकेतम जेष्ठ नागरिक आश्रय स्थलका केन्द्रिय अध्यक्ष टिआर निरौलाले धर्मले माया र विश्वास गर्न सिकाउने बताउदै सबैले सबैको धर्मग्रन्धले सिकाएको अनुसार अभिलब्ध गर्न आग्रह गर्नु भयो । १५ नम्बर टोल विकास समंन्वय समितिका अध्यक्ष सिंह बहादुर बिकले क्रिसमसको शुभकामना दिनुभयो ।
मकवानपुर पास्टर यसोशियसनका अध्यक्ष दिपक भोलोनले क्रिसमसको शुभकामना दिदैँ वडा कार्यालयले क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नु इसाई धर्मालम्बिहरुको लागि खुसीको खबर भएको बताउनु भयो ।
उहाँले स्थानिय तहले इसाई धर्मालम्बी प्रति हेर्न दृष्टिकोण फरक पाएको भन्दै सबै धर्मलाई सम्मान रुपमा हेर्नको लागि आग्रह समेत गर्नु भयो ।
कार्यक्रमको सभाध्यक्ष तथा वडा अध्यक्ष महारत्न लामाले देश संघियतामा गईसकेको भन्दै सबै धर्मको सम्मान गर्नको लागि यस कार्यक्रमको आयोजना गरेको बताउनु भयो । यस कार्यक्रमले सबैमा मित्रताको भाव दर्शाउने भन्दै वडाको योजना मै राखेको बताउनु भयो ।
सरकारको नारा सुखी नेपाली,समृद्ध नेपाल सफल बनाउनको लागि इसाई धर्मालम्बीहरुको ठुलो भुमिका समेत रहने उहाँको भनाई छ । उहाँले धर्म र पाटि फरक फरक भएता पनि मन एउटै हुुनु पर्नेमा जोड दिनु भयो ।
सबैले सबैको धर्मलाई सम्मान गर्नु पर्नेमा जोड दिदैँ सम्पुर्ण अथितिहरुले आउदै गरेको क्रिसमसको शुभकामना साथै प्रगतीको कामना गरेका थिए । हेटौडा उपमहानगरपालिका मै स्थानिय तहले आयोजना गरेको क्रिसमस कार्यक्रम भने यो पहिलो हो ।
कार्यक्रममा पास्टर एकता जागृति अभियान हेटौडा १५ का अध्यक्ष मदन लाल थिङ्ग, रातोमाटे सामुदायिक वनका अध्यक्ष इश्वार पाख्रिन, चित्रेपानी सामुदायिक उपभोक्त समितिका अध्यक्ष बालकुमार थापा, बनदेवि आधारभुत विद्यालयका अध्यक्ष डिल बहादुर घिमिरे, बरिष्ट रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्य समिति सदस्य रुपक कालिराज लगायत विभिन्न मण्डलीका धर्मगुरु, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि,सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।