ग्राहक मैत्री हुन कर्मचारीलाई मुख्यमन्त्री पौडेलको सुझाव

छहारी संवाददाता
पुस ८, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले ग्राहक मैत्री भएर देखाउन कर्मचारीहरुलाई सुझाव दिनु भएको छ ।

आधिकारीक ट्रेड युनियन नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको आयोजनामा भएको सहज सेवा, स्वच्छ  बिद्युत प्राधिकरण राष्ट्रिय अभियान २०७६ अन्तर्गत भएको सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

मुख्यमन्त्री पौडेलले जब जम्मसम्म कर्मचारीले जनता मैत्री काम सुरु गर्दैनन् । तबसम्म परिवर्तनको महशुस गराउन नसकिने जिकिर गर्नुभयो ।

काम गर्ने पुरानै शैलिले परिवर्तनको महशुस हुन नसक्ने भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो–"प्रबिधीको जमाना सुरु भैसक्यो तै पनि हामि पुरानै शैलिमा धमिरा लागेका फाईल पल्टाउछौं कसरी हुन्छ परिवर्तनको महशुस ।" 

कर्मचरीको संगठन भन्ने बित्तीकै सबै डराउनु पर्ने अवस्थालाई चिर्नका लागि थालिएको अभियानको सफताको शुभकामना दिर्दै मुख्यमन्त्री पौडेलले सुधारीएको प्राधिकरणले जनताको समस्यालाई संबोधन गर्न सकोस् भन्ने शुभकामना दिनुभयो ।

अभियान अन्तरगत राष्ट्रिय कर्मचारी युनियनको आयोजनामा प्राधिकरणको प्रदेश डिभिजन कार्यालय परिसरमा वृक्षारोपण गरिएको थियो ।

प्राधिकरण परिसरमा मुख्यमन्त्री पौडेलले एभोकाडोको बिरुवा रोप्नु भएको हो । परिसरमा अमला, कागती लगायतका विरुवाहरु रोपीएको छ ।

कार्यक्रम नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संगठन संयोजक रामेश्वर प्रसाद पौडेलको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा संगठन विभाग प्रमुख भुमिनन्द अर्याल, डिभिजन प्रमुख केदारराज सिलवाल, नेपाल विद्युत प्राधिकरण कुलेखानी पहिलो, दोस्रो, तेस्रोका प्रमुखहरु, डिभिजन मातहतका कार्यालयका प्रमुख कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कर्मचारी युनियनले प्राधिकरणको अहिलेको अवस्था र सुधार गर्नुपर्ने कामको बारेमा तयार परेको कार्यपत्र प्रस्तुत गरिएको थियो 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*