महाकालि– मेची पैदल यात्रामा निस्किएका सुरेश र खगेन्द्र हेटौंडा आइपुगे
सरकारले घोषणा गरेको पर्यटन बर्ष – २०२० सफल पारौं भन्दै पैदल यात्रामा निस्किएका २ जना १७ दिनमा हेटौंडा आइपुगेका छन् ।
मुलुकको समृद्धिको लागि पर्यटन बर्ष महत्वपुर्ण रहेको भन्दै कञ्चनपुरको गड्डा चौकिबाट यात्रा थालेको दुई सदस्यीय टोली आज हेटौंडा आइपुगेको हो ।
सरकारको अभियानलाई सफल बनाउँन नागरीकको जिम्मेवारी भएकाले मंसिर २० गतेबाट महाकालि– मेची यात्रा थालेको टोलीका सुरेश उप्रेती र खगेन्द्र कृष्ण निरौलाले बताउनुभयो ।
दमक – पाथिभराको पैदल यात्रा ३ पटक गरीसकेका उप्रेतीले पर्यटकको आगमनले सबै क्षेत्रको बिकासमा महत्पुर्ण भुमिका खेल्ने बताउनुभयो ।
‘नेपाल भ्रमण बर्ष २०२० सफल पारौं ’ भन्ने सरकारी नाराबोकेको टिसर्ट लगाएर हिडेका उनीहरुलाई हेटौंडामा साहित्यीक क्षेत्रमा कृयाशिल रहेका साहित्यकारहरुको टोली र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश ३ का उपाध्यक्ष निप्पु सर्राफले स्वागत गर्नु भएको थियो ।
उनीहरुलाई महाकालिका मेयर सुरेन्द्रसिंह बिष्टले बिदाई गर्नुभएको थियो । दुई सदस्य टोली आज हेटौंडाको सुर्यान्स होटलमा रहने र भोली पुर्बी नेपालको यात्रामा निस्कने बताइएको छ ।