प्रदेश तीन सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छः मुख्यमन्त्री पौडेल
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले कृषि क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ ।
प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयमा आज भएको छलफल कार्यक्रममा उहाँले प्रदेशको राजधानी हेटौंडामा प्रादेशिक तरकारी तथा फलफुल थोक बजार निर्माण गर्न प्रदेश सरकारले बजेट नै छुट्याएको बताउनुभयो ।
प्रदेश सरकार कृषि उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि योजनाका साथ अघि बढेको उहाँको भनाई छ ।
प्रदेश तिनको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरको ३० प्रतिशत लगानीमा तरकारी तथा फलफुल थोक बजार निर्माण हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
दुई बिगाहा भन्दा बढी क्षेत्रफल जमिनमा बन्न लागेको वजारभित्र खुद्रा बिक्री पसल, किसानले उत्पादन गरेका सामान भण्डारण, आपतकालीन कक्ष, चमेना गृह, प्रशासनिक भवन, थोक बिक्री लगायतका सबैखाले सुबिधा उपलब्ध हुने बताइएको छ ।
४३ करोड १४ लाख ८४ हजार चारसय पैसठ्ठी रुपयाँको लागतमा तरकारी तथा फलफुल थोक बजार निर्माण हुन लागेको हो ।