हेटौंडामा ५० वटा सवारीका अतिरिक्त लाइट हटाइयो
जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरले सवारी साधनमा अतिरीक्त लाईट राख्ने ५० वटा सवारी साधनको लाईट निकाल्न लगाएको छ ।
आज बिहान ट्राफिक प्रहरी कार्यलय अगाडी गरेको चेकिङमा ट्रक,बस,ट्रिपर र पिकअप गरी ५० ओटा सवारीसाधनहरुको लाईट निकाल्न लगाईएको हो ।
आबश्यकता भन्दा बढी लाईट भएका सवारीहरुका कारणले दुर्घटना बढेको भन्दै अतिरीक्त लाईट राख्ने सवारीसाधनहरुको लाईट निकाल्न लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब निरीक्षक हरी बहादुर क्षेत्रीले बताउनुभयो ।