मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण
मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाईको आयोजनामा आज हेटौंडामा सञ्चारकर्मीहरुसंग भएको अन्तरक्रियामा यसबारेमा जानकारी दिइएको हो ।
जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्यमा आधा भन्दा कम मात्रैले घर निर्माण गरेको इकाईका प्रमुख विमल किशोर केपीले जानकारी दिनुभयो ।
यस मध्ये प्रथम किस्ता प्राप्त गर्ने भुकम्प पीडित २९ हजार ५ सय ५ परिवार रहेका छन् । दोस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित २३ हजार ४ सय ६६ परिवार रहेका छन् ।
यसैगरी तेस्रो किस्ता प्राप्त गर्ने भुकम्प पीडित १८ हजार ६ सय परिवार रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा पनि उल्लेख्य प्रगती भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो ।
भुकम्पले पूर्ण रुपमा क्षेती भएका विद्यालय भवन निर्माणको काम केही नगन्य मात्रमा भन्दा बाहेक सवैतिर द्रुत गतिमा निर्माण भएको पाठकले वताउनुभयो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख तुलसीराम खरबुझा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।