गणेश हनुमान टोलविकास संस्थाको ५ औ वार्षिक साधारण सभा सम्पन्न
गणेश हनुमान टोलविकास संस्थाको ५ औ वार्षिक साधारण सभाको अवसरमा लागू औषध दुर्व्यसनि (घरेलु मदिरा) न्युनिकरणको लागि सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ।
हेटौडा उप महानगरपालीका ९ नम्बर वडामा रहेको यो टोल बिकास संस्थाले वडामा हुने लागु औषध प्रयोगलाइ हटाउने उदेश्यले विभिन्न अभियान चलाउँदै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले लागु औषध दुब्र्यसनमा फसेका युवाहरुलाइ उत्पादन मुलक काममा लगाउनु जरुरी रहेको बताउनु भएको छ ।
वडाले उत्पादनलाइ जोड दिदै सिआन पुर्नस्थापना केन्द्रलाइ एक लाख बजेट बिनियोजन गरी च्याउ खेति सुरु गरीएको बताउँदै उहाँले उत्पादन मुखि काममा लागेर आर्थिक लाभ लिने काममा लाग्न सुझाव दिनुभयो ।
यस्तै संस्थाकी अध्यक्ष रमीला सापकोटाले टोल बिकास सस्थाहरुले समाजमा बिभिन्न किसिमका सकारात्मक शन्देश दिने गरेको बताउनु भयो । सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गणेश हनुमान टोलविकास संस्थाको हाल करिव ६ लाख आय व्यय रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा हेटौडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष कुमार पौडेल हेटौडा उपमहानगरपालिकाका प्रतिनिधी, टोल बिकास सस्थाका प्रतिनिधिहरुकोे सहभागिता रहेको थियो ।