समलिंगी विवाहलाइ स्विकृती दिनु विकृतीलाइ बढावा दिनु जस्तै होः सभामुख श्रेष्ठ 

छहारी संवाददाता
पुस ४, २०७६

प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले समलिंगी विवाहलाइ स्विकृती दिनु विकृतीलाइ बढावा दिनु जस्तै भएको बताउनु टिप्पणी गर्नु भएको छ ।

समलिंगी विवाहलाई समाजले स्वीकार नगर्ने भन्दै उहाँले प्रकृति भन्दा बाहिर गएर समलिंगी विवाह गर्नु समाजमा विकृतीलाइ बढावा दिनु जस्तै हुने बताउनु भयो ।

इन्सेक प्रदेश तिनले आयोजना गरेको विश्वव्यापी आवधिक समिक्षाको तेस्रो चक्रका लागि तयार गरिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदा प्रस्तुति तथा छलफल कार्यक्रममा सभामुख श्रेष्ठले यस्तो बताउनु भएको हो ।

महिला महिला र पुरुष पुरुष बिचको विवाहलाइ  मानब अधिकार भित्र राख्न नहुने भन्दै उहाँले प्रकृतिको कानुन विरुद्ध जान नहुने जिकिर गर्नुभयो ।

आफुहरुले आफ़्नो कार्यकालको दुई बर्से अबधिमा ४५ वटा कानुन निर्माण गरिसकेको र सो कानुन निर्माण गरेर मात्र नहुने कार्यन्वयनमा लाग्नुपर्ने धरान व्यक्त गर्नुभयो ।

जनतालाई अधिकार सम्पन्न बनाउनु सरकारको प्रमुख कर्तव्य रहेको सभामुख श्रेष्ठको भनाई छ । तर आवस्यक्ता भन्दा बढी अधिकार दिंदा दुरुपयोग हुने खतरा रहेको उहाँको टिप्पणी छ ।

प्रदेश तिनका संयोजक कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईन्सेककी युपिआर प्रमुख  सम्झना श्रेष्ठले विश्वव्यापि आवधिक समिक्षाको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नु भएको थियो ।

उहाँले सन २०२० नोवेम्बरमा हुने संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदा पेश गर्नु भएको हो ।

नेपालले हालसम्ममा उक्त परिषदमा २०११ र २ ०१५ मा सहभागिता जनाई सकेको छ र अब २०२० मा हुने परिषद्मा नेपालको तर्फवाट १५ वटा मुल विषय पेश गर्ने योजना  रहेको बताइएको छ ।

यस्तै कार्यक्रममा महिला संजालको सचिवालय महिला पुनस्थापना केन्द्रको तर्फवाट समेत प्रस्तुति दिइएको थियो । त्यस्तै सिमान्तकृत समुहको सवालमा डिआरसियफसिका तर्फवाट कृष्ण कुमारी वाईवाले प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रदेश तीननका महान्यायधिबक्ता आम प्रसाद थपलिया, मानव अधिकारकर्मिहरू, स्थानिय जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*