मनहरीमा सडक पेटीमै खुल्ला माछामासु विक्रि, उपभोक्ता धुलो मिसिएको माछामासु खान बाध्य(तस्विरहरु)

तोकिएकै स्थानमा लैजाने प्रयासमा छौंः गाउँपालिका उपाध्यक्ष विष्ट
छहारी संवाददाता
पुस ४, २०७६

उपभोक्ताले स्वस्थ्यकर माछामासु खान पाउनु पर्ने उनीहरुको अधिकार हो ।

तर मनहरी गाँउपालिकाको मनहरी बजारमै सडक छेउको पेटीमा माछामासु खुल्ला रुपमा बिक्रिबितरण हुँदा उपभोक्ता धुलो मिसिएको माछामासु खान बाध्य छन् ।

गाउँपालिकाले सडक छेउमै खुल्ला रुपमा माछामासु बिक्री गर्न रोक लगाएको छ । तर व्यवसायीहरुले अटेर गरिरहेका छन् । गाउँपालिकाले पटकपटक अनुगमन गरेपनि कारवाही प्रकृया अघि बढाउन नसक्दा व्यवसायीले अटेर गरेका हुन् ।

उपभोक्ता समेत सडकमै माछामासु खरीद गर्न पुगीदिने भएपछि व्यवसायीले मौकाको फाइदा उठाईरहेका छन् । सडक छेउमै माछामासुको व्यापारले मनहरीको सौन्दर्य समेत विगारेको छ ।

गाउँपालिकाले उपलब्ध गराएको सटर भाडा महङ्गो भएको वाहान बनाउँदै ब्यवसायी सडकमै व्यापार गरेर रमाईरहेका छन् ।

मनहरीकै बासिन्दालाई यो दृश्य सामान्य लाग्न सक्छ, तर पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरु यो विजोग दृश्य हेर घिन मान्दै दैनिक यात्रा गरिरहेका हुन्छन् ।

गाउँपालिकाकै प्रतिष्ठाको विषय भएकाले माछामासु व्यवसायीलाई तोकिएकै स्थानमा लैजाने प्रयास भईरहेको गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले बताउनुहुन्छ । पटक पटक अटेर गरे कडा कदम चाल्न बाध्य हुने उहाँको भनाई छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*