मनहरी नेपालकै पहिलो बालमैत्रि गाउपालिका बन्दै
मकवानपुर जिल्लाको मनहरी गाउपालिका नेपालकै पहिलो बालमैत्रि क्षेत्र बन्ने अन्तिम चरणमा पुगेको छ ।
बालमैत्रि स्थानिय शासनका न्युनतम ३९ सुचक पूरा गरिसकेपछि मनहरी बालमैत्रि गाउपालिका बन्ने भएको हो।
बालमैत्रि क्षेत्र घोषित हुन संस्थागत विकास तर्फको सुचक १२ वटा र सेवा प्रवाह सम्वन्धि सुचक २७ वटा गरि ३९ सुचक पूरा हुनुपर्ने बालबालिकाको क्षेत्रमा कार्यरत सिविन बाल हेल्पलाईनका संयोजक झविन्द्र ज्ञवालिले जानकारी दिनुभयो ।
बालमैत्रि स्थानिय शासन राष्ट्रिय रणनिति र बालमैत्रि स्थानिय शासन कार्यान्वयन कार्यविधि २०६८ अनुसार मकनापुरको बकैया गाउपालिकाले समेत आधा भन्दा बढि बालमैत्रि सुचक पुरा गरिसकेको छ ।
हेटोडाको १९ वटै वडामा समेत काम सम्पन्न भईसकेको तर हेटौडा उपमहानगरपालिकाले बालमैत्रि नगर घोषणा गर्न मात्र बाँकि रहेको ज्ञवालिले जानकारी दिनुभयो ।
आज पत्रकारहरूसंग छलफल गर्दै ज्ञवालिले बालमैत्रि सुचक पूरा गर्ने तथा कार्यान्वयन गर्ने निकायहरूमा स्थानिय निकाय, स्वास्थ्य संस्था, महिला संघ संस्था, घरपरिवार, प्रहरी, बाल कल्याण समिति, खानेपानि तथा सरसफाई डिभिजन कार्यालय लगायत सबैको संयुक्त प्रयासमा प्राप्त गर्न सकिने बताउनुभयो ।