अपहृत एक युवकलाई ८ घण्टामै सकुशल मुक्त गर्न जिप्रका मकवानपुर सफल 

अपहरणमा संलग्न पाँचै जना समातिय
छहारी संवाददाता
पुस ३, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमा परेका एक युवकलाई ८ घण्टामै मुक्त गर्न सफल भएको छ ।

रामेछाप दोरम्बाका २१ वर्षका नरेश थापा मगरलाई मुक्त गरी उनको अपहरणमा संलग्न ५ जनालाई नियन्त्रणमा लिन समेत प्रहरी सफल भएको हो । आज जिप्रकाले पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले नरेशको अपहरणमा संलग्न धनगढी घर भई हाल काठमाण्डौ ३ पुरानो बानेश्वर बस्ने २४ बर्षका आशिष सिजापती, कन्चनपुर श्रीपुर ६ की २९ वर्षकी सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाँउपालिका ६ का कृष्ण गुरुङ, सोहि गाउँपालिका ४ का ट्याक्सी चालक आशिक लामालाई पक्राउ गरेको हो ।

यस्तै नरेशलाई बन्धक बनाउन घर उपलब्ध गराउने घरधनी हेटौंडा ९ लामसुरेकी ३६ वर्षकी सरस्वती तामाङलाई पनि नियन्त्रणमा लिएको जिप्रका मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उनिहरुले बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का २८ वर्षका सरोज सापकोटालाई कुटपिट गरी घाईते बनाएको र नरेशलाई भने बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा राखी अपहरण गरेको एसपी सिंहले जानकारी दिनुभयो ।

अम्लेखगंजबाट काठमाण्डौ जान लागेका नरेशलाई उनिहरुले गएराती साढे ३ बजे हेटौडा ४ स्थित फरेष्ट्रि क्याम्पसको गेट अगाडीबाट अपहरण गरेका थिए । अपहरणकारीलाई विषेश सुराकीको आधारमा आज दिउँसो साढे १२ बजे नियन्त्रणमा लिन सफल भएको सिंहले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको र दोषी ठहर भए उनिहरुलाई अपहरण तथा शरिर बन्धक कसुरमा १० बर्ष देखी १५ बर्षसम्म कैद र १ लाख देखी १ लाख ५० हजार रुपैयासम्म जरिवाना हुने कानुनि प्रावधान रहेको एसपी सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*