नेकपा जिल्ला कमिटी मकवानपुरको जिम्मेवारी वाँडफाड टुंगीयो(पुरा हेर्नुहोस्)

छहारी संवाददाता
पुस २, २०७६

नेकपा जिल्ला कमिटी मकवानपुरले नेताहरुको जिम्मेवारी वाँडफाड गरेको छ ।

पार्टीको सचिवालय हिजो सम्पन्न बैठकले मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभागिय र संगठन तर्फको जिम्मेवारी बाँडफाँड गरेको हो ।

नेकपा मकवानपुरले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरीजिम्मेवारी वाँडफाँडको बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका सहइन्चार्ज रामेश्वर रानाले पाटीको आर्थिक सामाजिक रुपान्तरणका लागि सामन्तवादको अवशेषलाई हटाउँदै समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले विधिको शासनलाई आत्मसाथ गरेर काम गर्न सवैलाई आग्रह गर्नुभयो ।

यस्तै नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पार्टी एकता प्रक्रिया सम्पन्न गरि अब पूर्ण परिवार बनिसकेको बताउनुभयो ।

उहाँले कमिटिहरूले संस्थागत रूपमा पुर्णता पाईसकेको भन्दै स्थानिय तहको कमिट गठन पौष भित्र र कार्यकर्ता प्रशिक्षण फागुन मसान्त सम्ममा गसिक्ने बताउनुभयो । उहाँले ६ वटा समन्वय समिति एक महिना भित्र गठन गर्ने बताउनुभयो ।

अध्यक्ष सिग्देलले अब पार्र्टी भित्रका हरेकलाइ जिम्मेवारी प्रदान गर्ने र कामको मुल्यांकन समेत गर्ने परिपाटिको विकास गर्दै लैजाने बताउनु भएको छ ।

पार्टी भन्दा माथी कोही पनि नहुने भएकाले यसै अनुसार काम गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी, जिल्ला स्तरका विभिन्न संगठन विभागका प्रमुखहरु लगायतका सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*