वक्तृत्वकलामा वालबोध माविका थोकर प्रथम 

छहारी संवाददाता
पुस २, २०७६

अन्तराष्टिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आज हेटौडामा सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार विषयक माध्यमिक विधालय स्तरिय वक्तृत्वकला प्रतियोगता सम्पन्न भएको छ ।

प्रतियोगितामा वालबोध माविका सुदिप थोकरले प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

मकवानपुर बहुमुखि क्याम्पसको सभाहलमा भएको प्रतियोगितामा सिद्दार्थ माविकी मन्दिरा थापाले दोस्रो, सनराईज ईङ्गिलिस वोर्डिङ स्कुलका सुशील फुयालले तेस्रो तथा ज्योति मावि हर्नामाडीकी सीता तिमल्सिनाले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन ।

प्रतियोगितामा विजेताहरूलाई हेटौडा उपमहानगरपालिका कार्यालयले क्रमश ५ हजार, ३ हजार ५ सय, २ हजार र १ हजार प्रदान गरेको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत पुर्ण बहादुर अछामि , हेडौडा उपमहानगरपालिकाका उपसचिव घनश्याम घिमिरे, सामि परियोजना कार्यक्रम अधिकृत उमा पौडेल निर्णायक रहनु भएको थियो ।

हेटौडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास अधिकृत भिम प्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा ११ जना प्रतियोगिहरूले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*