सौर्य सिँचाइ अनुदान कार्यक्रमका लागि लक्ष्य भन्दा तेब्बर बढी आवेदन
कृषि बिकास निर्देशनालय प्रदेश तीनले प्रदान गर्ने सौर्य उर्जामा आधारित सिँचाइ अनुदान कार्यक्रमका लागि लक्ष्य भन्दा करिब तेब्बर सँख्यामा माग आवेदन परेको छ ।
मागमा आधारित सौर्य सिँचाइ कार्यक्रमका लागि निर्देशनालयले गत कार्तिक २५ गतेदेखि मंसिर २६ गतेसम्म आवेदन आह्वान गरेको थियो ।
यो अवधिमा कृषकका २ सय ६६ वटा आवेदन परेका हुन् । ति मध्ये निर्देशनालयमा १ सय ९४ आवेदन दर्ता भएका द्धन् भने बाँकी प्रदेशका ज्ञान केन्द्र मार्फत आवेदन परेका छन् ।
८० प्रतिशत अनुदान प्रदान गर्ने यस कार्यक्रमका लागि ७ करोड बजेट बिनियोजन गरेको निर्देशनालयकी सुचना अधिकारी निर्मला गुरुङले जानकारी दिनुभयो ।
प्रदेशका १३ जिल्लाका जम्मा एक सय वटा सिँचाइलाई अनुदान प्रदान गर्ने निर्देशनालयको लक्ष्य रहेको उहाँको भनाइ छ ।
सोलारको प्रयोगबाट सिँचाइ निर्माण हुनुपर्ने यस अनुदान कार्यक्रममा सिँचाइ क्षेत्रको बिस्तार, सिँचाइबाट लाभान्वित हुने परिवार सँख्या, आयोजनाको आवश्यक लागत, प्रस्तावकको आर्थिक क्षमता तथा सिँचाइका लागि पानीको स्रोतलाई आधार मानेर आयोजना छनौट गरिने कार्यबिधीमा उल्लेख छ ।