नागस्वतीमा आजदेखि शहरी स्वास्थ्य केन्द्रबाट दन्त सेवा सुरु
हेटौँडा–७ नागस्वती स्थित शहरी स्वास्थ्य केन्द्रमा आजबाट दन्त सेवा सुरु भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले दन्त सेवाको सुरु गर्नु भएको हो । कार्यक्रममा वडाअध्यक्ष थापाले दन्त सेवाले वडाबासीलाई दाँतको समस्या हुँदा वडामै उपचार पाउन सकिने बताउनुभयो ।
दन्त उपचार उपकरण खरिदका लागि वडा कार्यालयबाट ५ लाख खर्च भएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका आर्युवेद तथा जनस्वास्थ्य शाखाका भोला चौलागाई, वडा सदस्यहरु लगायत विभिन्न टोल बिकास सँस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
सेवा शुभारम्भको दिन ५२ जनाले सेवा लिएको केन्द्रले जनाएको छ । डेन्टल केयरसहितको सेवा प्रत्येक महिनाको १ र १५ गते केन्द्रमा दन्तरोग बिशेषज्ञ डाक्टर मोहम्मद आरिफ करिमले जाँच गर्ने जनाईएको छ ।