दुर्घटना न्यूनीकरण गर्न अधिकतम प्रयास गरौं:मुख्यमन्त्री पौडेल
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सवारी दुर्घटना बढेको भन्दै सराेकारवालाहरुसग छलफल गर्नुभएकाे छ ।
दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि मुख्यमन्त्री पौडेलले सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिहरुसङ्ग छलफल गर्नुभएको हाे । छलफलका क्रममा उहाले दुर्घटना न्यूनीकरणका लागि अधिकतम प्रयास गर्न निर्देशन दिनुभयो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।छ्लफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सवारी दुर्घटनाको कारण खोजेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला सवारी साधन दुर्घटनामा धेरै कारक तत्व हुने भएको यसलाई सुधार गर्दै अगाडि बढ्ने बताउनुभयो ।
यस्तै हेटौंडा उपमहानगरपालीकाका मेयर हरिबहादुर महतले नगरमा पार्किङ ब्यबस्थापनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यलयका सचीव मधुसूदन बुर्लाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडाका प्रमुख डिआईजी शेरबहादुर बस्नेत, ३ नम्बर प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह , यातायात पुर्वाधार कार्यलयका शाखा प्रमुख ध्रुब फुयाललगायत सहभगी हुनुहुन्थ्यो ।
दुर्घटना तथा सवारी दुर्घटनामा तीन पाङ्ग्रे सवारी तथा पार्किङ् ब्यबस्थापन, पुराना सवारी साधन ब्यबस्थापन, रुट परमिटलगायत अन्य बिषयमा छलफल भएको थियो ।
प्रदेशमा यो महिनामा हाल ५६ जनाको मृत्यु भएको थियो ।३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा बढी चितवनमा र क्रमशः सिन्धुपाल्चोक धादिङ मकवानपुरमा बढि सवारी दुर्घटनामा भएको छ ।
छलफलमा सावरी दुर्घटना न्यूनीकरण र ब्यबस्थापन चुस्त बनाउन ५ सदस्यीय समिति गठन गरिएको छ ।
भौतिक पुर्वाधार मन्त्रालयका यातायात ब्वबस्था निर्देशक सहदेब भण्डारीको संयोजकत्वमा हेटौंडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयहरुको प्रतिनिधिहरु रहने गरि समिति निर्माण गरिएको हो ।
समितिलाई सात दिन लागू गर्न सक्ने प्रतिबेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।