युसेस बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सप्पन्न

छहारी संवाददाता
मंसिर ३०, २०७६

हेटौडा ४ मा रहेको युसेस बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा शनिबार सम्पन्न भएको छ  । 

संस्थाका अध्यक्ष उत्तम शर्मा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उप महानगरपालीकाका प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम शर्मा ढकालले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ६०० शेयरसदस्य रहेको संस्थामा कुल शेयर पुँजी ५७लाख  ९२हजार ८सय रहेको छ ।

संस्थाको हालसम्म निक्षेप कोषमा २करोड ३लाख २३हजार २सय ४९रहेको छ भने संस्थाले  ३करोड ८लाख १०हजार ४३ रुपैंया शेयर सदस्यहरुलाई विभिन्न शिर्षकमा ऋण प्रवाह गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारी, बचतकर्ता, असलऋणीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष आशा ढकाल, हेटौडा उप महानगरपालीका आर्थिक विकास महासाखा प्रमुख रामकृष्ण थापा, लगाएतकाको उपस्थिती थियो । 

ग्रिण्डलेज बचत तथा ऋण सहकारी संस्था लि 
हेटौडा १० मा रहेको ग्रिण्डलेज बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा शनिबार सम्पन्न भएको छ  । 

संस्थाका अध्यक्ष महेन्द्र इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उप महानगरपालीका वडा नं १० का अध्यक्ष किताब सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र इटेनीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ५४२ शेयरसदस्य रहेको संस्थामा कुल शेयर पुँजी ७५लाख  ४८हजार १सय रहेको छ ।

संस्थाको हालसम्म निक्षेप कोषमा २करोड ४७लाख ८१हजार १९ रुपैँया रहेको छ भने संस्थाले  २करोड ७३लाख ८२हजार ८सय ६२रुपैंया शेयर सदस्यहरुलाई विभिन्न शिर्षकमा ऋण प्रवाह गरेको अध्यक्ष इटेनीले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारी, बचतकर्ता, असलऋणीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोपि प्रसाद न्यौपाने ,सचिव सागर सापकोटा लगाएतकाको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*