मनहरीमा मानव अधिकार समूह गठन
मनहरी गाउँपालिकामा समाजका पिछडियकाे वर्गलाई सरकारि सेवामा पँहुच वढाउन मानव अधिकार समूह गठन भएको छ ।
स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित, अल्पसङख्यलगायत पछाडी पारिएका समुदायको सरकारी सेवा तथा सुविधामा पहुँच बढाउने लक्ष्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय हेटौंडाकाे कार्यक्रम लागु भएको हाे ।
इन्सेक प्रदेश कार्यालय द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तरगत मकवानपुरको मनहरी गाउँपालिकामा मानव अधिकार समूह गठन भएको हाे ।
उक्त कार्यक्रम अन्तर्गत गठिन मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथि पहँुचका लागि मागदावि गर्न क्षमतावृद्धि गर्ने र अधिकारहरुको परिपुर्तिको लागि स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउने भूमिका निर्वाह गर्नेछ ।
आईतबार भएको भेलाले पालिकाको सबै वडाको प्रतिनिधित्व हुने गरी बिमला गोपालीको संयोजकत्वमा १३ सदसिय मानव अधिकार समूह गठन गरेको हो ।
समूहको सचिवमा दिपेन्द्र अधिकारी रहकेका छन्। यसैगरी सदस्यहरुमा शिव कुमार काशी, विशाल लामा, लक्ष्मी गोले, लक्ष्मण स्याङ्तान, लोकेन्द्र कार्की, सुन्तली वनकरीया, गोपिलाल मोक्तान, कल्पना सुवेदी, नविन सुवेदी, नारायण उप्रेति र प्रलाद लम्साल रहेका छन् ।
पालिका उपाध्यक्ष मलिना विष्टको उपस्थितीमा समूह गठत गरिएको हो । समूहको पहिलो बैठकले आगामी २ महिनाभित्र आफूले प्रतिनिधित्व गरेको वडामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको क्षेत्रमा समस्या पहिचान गर्ने निर्णय गरेको इन्सेक सहजकर्ता सरिता दाहालले बताइन् ।